काठमाडौं । सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ ।
काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको रु रु जलविद्युत परियोजनाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ ।
काठमाडौं । बुधबार नेप्से सूचकले नयाँ रेकर्ड कायम गर्दा कारोबार रकम पनि रेकर्ड नजिक पुगेको छ। यस दिन नेप्से सूचक झण्डै ३२०० विन्दु नजिक पुगेको छ भने कारोबार रकम समेत २१ अर्ब माथि छ।
काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १५.५० प्रतिशतले बढी हो।