काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आज (भदौ १ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले नाफामा बृद्धि गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७ र ७८ मा ७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो ।
काठमाडौं । किसान लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा उल्लेख्य बढोत्तरी गरेको वित्तयि विवरण सार्वजनिक गरेको छ। यस अवधिमा लघुवित्तले १४ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार छ।
काठमाडौं । अपि पावर कम्पनीको १८ औं वार्षिक साधारण सभा भदौ २५ गते हुने भएको छ । सभा संस्थाको प्रधान कार्यालय टे«ड टावर थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १५.५० प्रतिशतले बढी हो।