काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनीले सर्वसाधारणलाई ३१ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य अगाडी बढाउनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश पारित गर्न तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभा मंसिर २९ गते अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेदेखि हुने भएको हो।
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा १९.८८ प्रतिशतले बढी हो ।
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ८३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २२.५२ प्रतिशतले बढी हो ।
काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९.११ प्रतिशतले बढी हो।