अपर तामाकोशीले पहिलो त्रैमासमै कमायो ८६ करोड नाफा |
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आर्थिक वर्षको सोहि अवधिमा ८६ करोड १९ हजार रुपैयाँ नाफा कमाएको छ।
कम्पनीको आयोजना सम्पन्न भई विद्युत उत्पादन सुरु भएसँगै उसको आम्दानी बढेको छ।स यसले गर्दा नाफामा उच्च बृद्धि देखिएको छ।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ कमाएको छ। यत वर्षसम्म यस्तो आम्दानी शुन्य थियो।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी बढेर ३२ रुपैयाँ ४८ पैसा पुगेको छ भने प्रतिशेयरु नेटवर्थ ९८ रुपैयाँ १ पैसा छ।


