काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साता कारोबारको चौथो दिन आज बुधबार दोहोर अंकको गिरावट भएर बन्द भएको छ । आज नेप्से सूचकांक १९.८४ विन्दुले घटेर २७३४.४४ अंकमा आइपुगेको छ । बुधबार नेप्से ५३.३० अंकले बढेर दुई हजार सात सय ५४ दशमलब २८ विन्दुमा पुगेको थियो ।