काठमाडौं । चैते दशैंको अवसर पारेर चैत २३ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेण्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भईरहेकोे आयोजक संस्थाले जनाएको छ ।
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अर्थात चैत १४ गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली चैत १५ गते बुकक्लोज गर्नेछ।
काठमाडौं । चैत १४ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ। हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
काठमाडौं । सनी सेक्यूरिटिजले साइन्टिफिक विजनेश हवअन्तर्गतको साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र भ्यालि स्टेट कलेजको समन्वयमा शेयर तालिम सम्पन्न गरेको छ ।
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स लिमिटेड लाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई चैत ८ गते हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चैत १६ गतेदेखि सर्वसाधारणमा आईपीओ निस्कासन गर्ने भएकोछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विश्व वित्तीय सप्ताह (Global Money Week) मनाउने भएको छ । बोर्डले युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उदेश्यले चैत ७ गते देखि चैत १३ गतेसम्म विश्व वित्तीय सप्ताह मनाउने भएको हो ।