काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र २०८२’ जेठ १२ गतेदेखि बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक ११ ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो ।
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलकाे कार्यलयमा सोमबार साँझ ४ बजे शेयर बाँडफाँट भएको हो ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले जेठ ३० गते बिहान १० बजे, नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौं ७३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आज अर्थात जेठ ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले बैशाख १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ ५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सो दिनदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो।
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ ४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ९० करोड बराबरको शेयर निष्काशन गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न कम्पनीको विशेष साधारण सभाले सो निर्णय गरेको हो ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको नाफा बढेर २० करोड ६५ लाख माथि पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले झण्डै ७१ प्रतिशत (७०.९९ प्रतिशत) ले नाफा वृद्धि गर्दै २० करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।