काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबारका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्याडिसनमा साधारणसभा सम्पन्न भएको हो ।
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (बैशाख १५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
बैशाख १५ गते, बिहीबार, सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात बैशाख १६ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्नेछ।
काठमाडौं । सिवाइसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणकाे लागि बिक्रीमा ल्याएकाे आईपीओ बाँडफाँट गरेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलमा शेयर बाँडफाँट भएको हो।
काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा २०७९ साल बैशाख ११ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ ।
काठमाडौं । गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आसार मसान्तमा कायम चुक्तापुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्न स्वीकृति प्रदान गरेको छ।
काठमाडौं । १७ दिनपछि खुलेको श्रीलङ्काको शेयर बजारमा दुई दिनदेखि गइरहेको पहिरो बुधवार थामिएको छ। सोमबार र मंगलबार १० प्रतिशत भन्दा बढीले घटेपछि निर्धारित समय अघि नै बन्द भएको कोलम्बो स्टक एक्सचेन्जमा बुधवार भने १३ प्रतिशत भन्दा माथिको वृद्धि देखिएको छ।
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले बैशाख २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।