काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडको २५ लाख कित्ता बण्ड जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको २ अर्ब पचास करोड रकम बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ जारी गर्न लागेको हो।
काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई जेठ ११ गते बुधबार आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
काठमाडौं । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन उकालो लागेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ८.०३ अंक अर्थात ०.३६ प्रतिशत बढेर २२३९.६० विन्दुमा पुगेर बन्द भएको छ।
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न भनेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै ३० दिन भित्र उक्त रकम जम्म गर्न भनेको हो ।
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज अर्थात जेठ १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड अर्को म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशनमा ल्याउन लागेको हो।