शेयर बजार
अब ब्रोकरले आफ्नै टीएमएस सञ्चालन गर्न पाउने |
काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले अब आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठकले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ (तेस्रो संशोधन) स्वीकृत गरेसँगै ब्रोकरले आफ्नो छुट्टै टीएमएस सञ्चालन गर्न पाउन




