काठमाडौं । सिन्धु विकास बैंकले साउन ६ गते बाह्रौ वार्षिक साधारण सभा बोलाएको छ । सभा मिरावल रिसोर्ट होटल, धुलिखेल ,काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, साउन १ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको १००% हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
काठमाडौं । ग्लोबल आइएमईको सब्सिडरी कम्पनी ग्लोबल आइएमइ क्याटिलको म्युचुअल फन्ड ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाइ बिक्री असार २२ बाट विक्री खुल्ला हुने भएको छ।
काठमाडौं । शुक्रबार नेप्से सूचक ८.८७ अंकले घटेर २०२८.७७ विन्दुमा आएको हो । यसअघि २ दिनमै सेयर बजार सूचक ११५ अंकले बढेपछि शुक्रबार अल्पकालीन कारोबारीहरु सक्रिय भएको विश्लेषण गरिएको छ ।
काठमाडौं । अर्थ मन्त्रालयले गठन गरेको पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या अध्ययन गर्न गठित कार्यदलले लगानीकर्ता संगठनका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेको छ।