काठमाडौं । एभरेस्ट बैंकले एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एभरेस्ट बैंकलाई एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति दिएको छ ।
काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ मा आवेदन दिने बुधबार साउन ४ गते अन्तिम दिन हो । बुधबार बैंकिङ समयसम्म मात्र यस म्युचुअल फन्डको इकाईमा आवेदन दिन सकिने कोष व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएकोे छ ।
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको चौथो कारोबार दिन नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ४.८९ अंक (०.२४ प्रतिशत) ले बढेर २०५०.५९ बिन्दुमा पुगेर रोकिएको छ ।
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (साउन ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।