काठमाडौं । प्रभु र अजोड इन्स्योरेन्स पनि मर्जका लागि प्रारम्भिक सम्झौता भएको छ । एक आपसमा मर्जरमा जानको लागि दुई कम्पनीबीच असार ३२ गते प्रारम्भिक समझदारी पत्रमा सम्झौता भएको हो ।
काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७९/८० देखि व्याजदर परिवर्तन गर्ने भएको छ । कोषले १ साउनदेखि सञ्चयकर्ता–योगदानकर्तालाई दिने र लिने नयाँ व्याजदर परिवर्तन गरेका हो ।
काठमाडौं । नागरिक लगानी कोषले १ साउनदेखि लागु हुने सहभागीहरुलाई प्रदान गर्ने व्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा दिंदै आएको ६ दशमलव ५ प्रतिशतको व्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्याएको छ ।
काठमाडौं । असार ३२ गते, शनिबार, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।
काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्कले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्ने जानकारी गराएको छ ।