काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको १५.७८% नगद लाभांश सुरक्षित गर्ने आज (कात्तिक १७ गते) अन्तिम दिन हो । इन्सुरेन्सले लाभांश प्रस्तावसहित मंसिर ८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
काठमाडौं । कात्तिक १७ गते, बिहीबार, इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।
काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट देशको सञ्चार तथा प्रविधि क्षेत्रमा आफ्नो इनोभेटिभ प्रयासहरूको लागि परिचित छ।
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको शेयर कात्तिक १७ गते बिहीबार बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।
काठमाडौं । सानिमा क्यापिटलले आज कात्तिक १६ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्दैछ । क्यापिटलले निष्कासन गर्न लागेको सानिमा ग्रोथ फन्डमा लगानीकर्ताले आज बुधबार कार्यालय समयपछि आवेदन दिन सक्नेछन् ।
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिसम्ममा ऋणात्मक रहेको फाइनान्सको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.५७ प्रतिशत कम हो।