काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ४३.२० अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ३६ विन्दुमा बन्द भएको हो ।
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सो आईपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । राधी विद्युत कम्पनीले १ः१.४७५२ अनुपातमा बिक्री गरेको हकप्रद सेयर बिहीबार (कात्तिक १७ गते) बाँडफाँट गरेको छ । कम्पनीले असोज ५ गतेबाट २५ गतेसम्म कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले शेयरधनीलाई चार वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । विभिन्न आर्थिक वर्ष २०६६/६७ देखि २०७०/७१ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले नलिएकाले कम्पनीले ती शेयरधनीलाई लिन अनुरोध गरेको हो ।
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने भएको छ । बीमा ऐन २०७९ लागु भएसँगै राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज भएपछि संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने भएको हो ।
काठमाडौं । विदेशमा रहेका श्रमिकले साधारण शेयर आईपीओ भर्नका लागि कम्तीमा ५० हजार रुपैयाँ बैंक खातामा जम्मा गरेको हुनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको १५.७८% नगद लाभांश सुरक्षित गर्ने आज (कात्तिक १७ गते) अन्तिम दिन हो । इन्सुरेन्सले लाभांश प्रस्तावसहित मंसिर ८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
काठमाडौं । कात्तिक १७ गते, बिहीबार, इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।