काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले पुस २९ गते, ६३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।