पुस २५ गतेदेखि ऋणपत्र निष्काशन गर्दै एभरेष्ट बैंक |
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले पुस २५ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो।

