काठमाडौं । गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ८० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यलयको तथ्याङ्क अनुसार आर्थिक वर्षको अन्तिम दिन अर्थात असार ३१ गतेसम्ममा कुल ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट खर्च भएको छ। जुन लक्ष्यको ८०.०८ प्रतिशत हो।