जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए ।
काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका सोमबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
काठमाडौं । अफगानिस्तानमा गत साता आएको बाढीका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ । बाढीमा परी अझै दर्जनौं मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको झण्डै दुई महिना पछि सरेको छ । यसअघि असोज ३ देखि हुने तय भएको प्रतियोगिता अब कात्तिक २९ अर्थात नोभेम्बर १५ देखि हुने भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठको योगदानको अवमूल्यन गर्दै अनर्गल प्रचार भएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।