सोमबार सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ स्थिर |
काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका सोमबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ४०० रुपैयाँ कायम थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको भाउ स्थिर कायम रहेको छ । आइतबार पनि चाँदीको भाउ प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


