विराटनगर । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष, वरिष्ठ उद्योगपति, समाजसेवी स्व. महेन्द्र गोल्छाको १२औं स्मृतिमा विगत वर्षहरु जस्तै यस वर्षपनि मंसिर ०२ गते उद्योग संगठन मोरङले विभिन्न कार्यक्रमको आयोजना गरी स्व. गोल्छाले आर्थिक, औद्योगिक, सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानलाई स्मरण गरेको छ ।