काठमाडौं । सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरे ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार असोजसम्ममा २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
काठमाडौं । रेडक्रसको पूर्व केन्द्रीय समिति सहितका रेडक्रसको विशेष महाधिवेशनका सहभागी बहुसंख्यक सभासद्हरूले छुट्टै भेला राखेकाछन्। उक्त भेलाले रेडक्रसको वर्तमान तदर्थ केन्द्रिय समितिले विधान विपरित काम गरेको ठहर गरेको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर, राजश्व तथा भन्सार समितिद्वारा भन्सार सहजिकरणको लागि भन्सार विभागलाई सुझाव दिएको छ। समितिले भन्सार विभागलाई १३ बुदे सुझाव दिएको हो।
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानमा उल्लेख भएअनुसार समाजवादको आधार तयार पार्दै स्वाधिन अर्थतन्त्रको निर्माणमा सरकार लागिपरेको भन्दै यसमा साथ दिन पत्रकारहरुलाई आग्रह गरेका छन् ।
काठमाडौं । अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा छिमेकी न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।