काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्कको विषयमा अध्ययन गर्न एक समिति गठन गरेको छ । धेरै मेडिकल कलेजहरुले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका बेला आयोगले मेडिकल कलेजहरुको अनुगमनका लागि टोली गठन गरेको हो ।