काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७८÷०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८÷०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरुलाई सो आग्रह गरेका हुन ।