एमसीसीमाथिको सैद्धान्तिक छलफल बहुमतले स्वीकृत, साढे ६ बजे बस्ने अर्को बैठकले पारित गर्ने |
काठमाडौं । आइतबार बसेको प्रतिनिधी सभाको बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्बन्धी छलफल सम्पन्न गरेको छ ।
एमसीसीमाथि संसदमा भएको सामान्य सैद्धान्तिक छलफल बहुमतले पारित भएको हाे ।
बैठकमा एमसीसीबारे सामान्य छलफल सकेर सभामुख अग्नि प्रसाद सापकोटाले साढे ६ बजे अर्को बैठक बोलाएका छन् । उक्त बैठकले एमसीसी संसदबाट पारित गर्ने तयारी गरेकाे छ ।


