जनकपुरधाम । जनकपुर–जयनगर रेल आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आउनेछ ।
काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी तथा शर्मा एन्ड कम्पनीका प्रबन्ध सञ्चालक रमेश शर्मालाई मातृशोक परेको छ । उहाँकी आमा रेवतीदेवी शर्माको ८३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।
काठमाडौं । लगानी बोर्ड बैठकले १४ अर्ब २७ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । बोर्डको ५० औं बैठकले बिहीबार सूर्यतारा सिमेन्ट उद्योगका लागि उक्त लगानी स्वीकृत गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।
काठमाडौं । आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माण प्रकृया अघि बढाएको अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालयका सचिव, सहसचिव र नेपाली सेनासँग छलफल गरेको छ ।