काठमाडाैं । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाईदैछ । परिषदको १० औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु योजना गरी मनाईदै छ ।
काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६ औं वार्षिक साधारण सभा भोलीबाट काठमाडौंमा शुरु हुंदैछ । वार्षिक साधारण सभाको समुद्घाटनसंगै उद्योग वाणिज्य दिवस २०७८ को पनि समुुद्घाटन हुने छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिधिमण्डलले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग व्यवसायका समस्या समाधान गर्न आग्रह गरेका छन् ।
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी भएको हो ।
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत्र २५ गते शुक्रवार देखि धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ शुरु भएको छ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई जोडेर एक राष्ट्रिय दैनिकले प्रकाशित गरेको समाचारप्रति ध्यानाकर्षण भएको अर्थमन्त्री शर्माले बताएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । सरकारले उनीलाई पदमुक्त गर्न प्रक्रिया अघि बढाउँदै जाँचबुझ समिति बनाएपछि नेपाल राष्ट्र बैंक ऐनअनुसार उनी स्वतः निलम्बनमा परेका हुन् ।
काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा बुढानीलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिका– ४ मा आयोजित कार्यक्रम फाउन्डेसनको आयोजना र नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका कार्यसमिति तथा ४ नम्बर वडा कार्यसमितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो।