काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब ९ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत सोमबारदेखि ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
काठमाडौं । ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरक्रिया गरेका छन् ।
काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सुचना सञ्चार तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा बताएका छन् । साथै, सरकारले यसलाई बढावा दिदैं आएको पनि उनको भनाइ छ ।
काठमाडौं । मे महिनाभरी ५३ हजार ६ सय ८ जना पर्यटक नेपाल घुम्न आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार मे महिनामा विभिन्न देशबाट उक्त संख्यामा पर्यटक नेपाल घुम्न आएका हुन् ।
काठमाडौं । आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत बजेट र बजेटले व्यवस्था गरेका विषयहरुमा केन्द्रित भई नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । कपडा उद्योगीहरुले सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को बजेटबाट आफूहरु निराश भएको बताएका छन् । नीति तथा कार्यक्रम र बजेटमार्फत स्वदेशी वस्तुको उत्पादन तथा उपभोग दशक घोषणा गरेको सरकारले स्वदेशी कपडा उद्योगका समस्यालाई पूर्ण रुपमा उपेक्षा गरेको व्यवसायीहरुको निष्कर्ष छ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सबैको स्वाधिनता कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सार्वजनिक गरेको बताएका छन् ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।