काठमाडौं । नेपालमा कोरोना संक्रमणको चौथो लहर भदौको दोस्रो हप्तातिर उत्कर्षमा पुग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ ।
काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् ।
काठमाडौं । नेपालमा पर्यटक आगमन औसतमा दैनिक साढे १३ सय बढी पुगेको छ । कोभिड–१९ महामारीका कारण लगातार दुई वर्ष (सन् २०२० र २०२१ ) झन्डै शून्यमा झरेको पर्यटक आगमन सन् २०२२ पछि भने सुधारोन्मुख रहेको छ ।
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारी लगानीको बीमा कम्पनीहरुले पूँजी वृद्धि नगरेमा कारवाही गर्ने बताएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको नर्वौ वार्षिक समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संयुक्त राष्ट्रसङ्घका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रूसलाई अनुरोध गरेका छन् ।
काठमाडौ । नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक हिनामीना, नियमका कर्मचारी माथी दुरब्यबहार लगायतका आरोपमा आफू बिरुद्ध जाचबुझ गर्न गठित समितिका अध्यक्षलाई नै आर्थिक प्रलोभन दिएका छन् ।
काठमाडौं । सरकारले संघीय निर्वाचन आगामी मंसीर ४ गते गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ७६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल नमुना परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो ।