काठमाडौं । नवलपरासीको देवचुली क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरिएको छ । देवचुली नगरपालिका र देवचुली उद्योग वाणिज्य संघका पदाधिकारीले उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा सो आग्रह गरेका हुन ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस अन्तर्गत रहेका सम्पूर्ण भातृ संगठनहरूलाई चुस्तदुरूस्त रूपमा अगाडि बढाउन आग्रह गरेका छन् ।
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ स्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चार जनाको शव फेला परेको छ । काभ्रेस्थलीमा एकै परिवारका श्रीमान्, श्रीमती र दुई छोरा छोरी गरी चार जनाको शव फेला परेको हो ।
भारतकी सावित्री जिन्दल एसियाकै धनी महिला बनेकी छिन् । ब्लूमबर्गको रिपोर्ट अनुसार सावित्रीसँग ११.३ बिलियन डलर सम्पत्ति छ । दोस्रो नम्बरमा चीनका फ्यान होङवेई छन् । उनीहरूसँग ११.३ बिलियन डलरको सम्पत्ति पनि छ।
काठमाडौं । अर्थमन्त्रीमा पुनः नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा फर्किने भएका छन् । चालू आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने आरोप लागेपछि पदबाट राजीनामा दिएका शर्मा फेरि अर्थमन्त्रीमा फर्किने भएका हुन् ।