काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले बिमा कम्पनीहरुलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनुपूर्व सम्बन्धित कम्पनीमा कर्मचारीको पद, तह र सेवासुविधा समायोजनलगायत जनशक्ति व्यवस्थापनको पूर्ण खाका माग्न नियनकारी निकाय बिमा समितिसमक्ष आग्रह गरेको छ ।