काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार साँझ ९ः३० बजे निधन भएको हो ।
काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री साना मरीनमाथि त्यहाँका प्रतिपक्षी दलका नेताहरूले लागुऔषध लिएको आरोप लगाएका छन् । रक्सी पिएर नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विपक्षी दलबाट लागु औषध सेवन गरेको आरोप लागेको हो ।
काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना र सेती नदी-६ आयोजना भारतको एनएचपीसी लिमिटेडलाई सर्वेक्षण अनुमतिपत्र दिने सम्बन्धी पत्रमा सम्झौता भएको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा लगानी बोर्डले उक्त आयोजना भारतीय कम्पनीलाई दिने सम्झौता गरेको हो ।
काठमाडौं । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु तथा साना उद्योगहरु बागमती सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गरेका छन् ।
काठमाडौं । म्यानमारको यांगुनबाट नेपालमा सिधा हवाई उडान सुरु गर्ने तयारी भएको छ । नेपालका लागि म्यानमारका राजदूत यु सिन ओका अनुसार यांगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान शुरु गर्ने तयारी भएको हो ।
काठमाडौं । चालु आवको साउन महिनामा गत वर्ष सोही अवधिको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । चालु आवको २०७९/८० को साउनमा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख रमेश अर्यालले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ६ महिनायताकै न्यून विन्दुमा आएको छ । बुधबार ‘ब्रेन्ट क्रुड’ ९१.५१ अमेरिकी डलरमा कारोबार भएको छ । जुन गत फेब्रुअरीयताकै न्यून हो ।