रूसको आक्रमण सुरु भएयता युक्रेनका करिब नौ हजार सैनिक मारिएको युक्रेनका प्रमुख सैनिक कमाण्डरले जानकारी दिएका छन् । भ्यालेरी जालुज्नीले सोमबार कीभमा आयोजित सार्वजनिक समारोहमा भने, “युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिन आवश्यक छ किनकि उनीहरूका बाबुहरू मोर्चामा गएका छन् र सम्भवतः उनीहरू मारिएका लगभग नौ
काठमाडौं । मंगलबार देशभरमा ६३४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको नियमित अपटेडमा दिइएको जानकारी अनुसार २४ घण्टामा भएको कुल ४ हजार ९४९ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भदौ ७ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
काठमाडौँ । सोमबार ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३८१ जनाको पिसिआर र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।
काठमाडौं । दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । नेपालीहरुको महान पर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन् ।
काठमाडौं । दुई महिनादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन ।
काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसंग बर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानुन ल्याउन माग गरेको छ । भाद्र १ गते संघले ‘नेपालमा वैदेशिक लगानी आउनमा बाधक बौद्धिक सम्पत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर सो कुराको माग गरेको हो ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । प्राधिकरणले बिहीबार एक विज्ञप्ति जारी गरी सो निर्णय भएको जानकारी दिएको हो ।