काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र माथिल्लो आँखु खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक धादिङ आँखु खोला हाइड्रो पावर लिमिटेडबीच विद्युत् खरीद सम्झौता भएको छ ।
काठमाडौं । बहुप्रतिक्षित आयोजना काठमाडौं−तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा दक्षिण कोरियाली कम्पनीले पाएको छ । नेपाली सेनाले कोरियाको सुसोङ इन्जिनियरिङलाई डीपीआर निर्माणको जिम्मा दिएको हो ।
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।
काठमाडौं । अखाद्य वस्तु विक्रि वितरण गरेको भन्दै सरकारले काठमाडौंको बानेश्वरमा रहेको संगम स्वीट्समा ताला लगाएको छ । पसलले विक्रि गर्दै आएको मिठाइमा अखाद्य वस्तु भेटिएपछि बानेश्वरको मीलनचोकमा रहेको पसलको उत्पादन कक्षमा शिल गरिएको हो ।