काठमाडौं । सिंहदरबारमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरू भेला भएका छन् । नेपालमा नयाँ संविधान बनेर संघीयता लागू भएपछि आज पहिलो पटक बस्न लागेको अन्तर प्रदेश परिषद्को बैठकमा भाग लिन उनीहरू सिंहदरबारमा आएका हुन् ।
दाङ । प्रदेश नं ५ का संघीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति नबनेसम्म बालविवाहको न्यूनीकरण नहुने बताएका छन् ।
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको हालसम्ममा १ हजार ३ सय ८७ मेगावाट क्षमताका विभिन्न ११ जलविद्युत् आयोजनालाई आयोजना निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ ।
काठमाडौं । सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाउने भएको छ । यसको जिम्मा शहरी विकास मन्त्रालयलाई दिइएको छ । १७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटको बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने जिम्मा दिएको हो ।
काठमाडौं । उपत्यकाका विभिन्न ठाउँमा गरी ३२ वटा ट्याक्सी कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक महाशाखाले ती ट्याक्सीलाई हिजो शुक्रवार कारबाही गरेको हो ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकारहरूले विज्ञापनदाताबाहेक अरुलाई विरोध मात्र गर्ने प्रवृत्तिलाई छोडेर सबै क्षेत्रको आलोचनात्मक सहयोग गर्नुपर्ने धारणा राखे ।