दाङ । दाङको राम्रीमा भएको बस दुर्घटनाको सत्यतथ्य पत्तालगाउन समिति गठन गरिएको छ । प्रदेश ५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।
दाङ । शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । १५ जना घाइते भएका छन् । घाइतेहरुको टाउको र खट्टामा गम्भीर चोट लागेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिएका छन् ।
काठमाडौं । नेपाल आइडल सिजन−२ को विजेता रवि ओड बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए ।
काठमाडौं । ललितपुरको लाकुरीभञ्ज्याङ प्रहरी प्रभागमा आज गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा काठमाडौं विपद् व्यवस्थापनमा कार्यरत प्रहरी जवान रोशन श्रेष्ठ रहेका छन् ।
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीअन्तर्गत रहेर काम गर्ने नेपाली ठेकेदारहरूले सीएमसीबाट आफूहरूले पाउन बाँकी भुक्तानी नपाए मेलम्चीको साइट र काठमाडौं कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।