काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले ठेकेदार कम्पनी सीएमसी भाग्न खोजेको भन्दै धर्ना शुरु गरेका छन् । तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सीएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तत्कालीन नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाण्डेविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।
पोखरा । वित्तीय संस्थाबाट ऋण नपाए उजुरी गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् । पूँजीगत रुपमा युवालाई उत्पादनमा जोड्नका लागि सस्तो ब्याज अनुदानमा ऋण दिन आफुले भनेको उनले बताए । बिहीबार पोखरामा लेखनाथ महोत्सवको उद्घाटन गर्दै उनले युवालाई उत्पादनमा जोड्न सस्तो दरमा ऋण दिने भन्दै बैंकले
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिना (मंसिरसम्म) मा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन् ।
काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १२.४६ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक वर्षको मंसिर सकिँदा ३९ अर्ब ११ करोड ७ लाख रुपैयाँ पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
काठमाडौं । विद्युत प्राधिकरणले २० स्थानमा ‘चार्जिङ स्टेशन’ स्थापना गर्ने भएको छ । अहिले काठमाडौं उपत्यकामा प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क, ट्रेड टावर थापाथली र राष्ट्रिय योजना आयोग सिंहदरबारमा मात्रै ‘चार्जिङ स्टेशन’ छ ।
काठमाडौं । पूर्वमन्त्रिपरिषद उपाध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानककारी दिएका छन् ।