सुर्खेत । भारत–नेपाल–चीन (तिब्बत) जोड्ने त्रिदेशीय सडक निर्माणमा कर्णाली प्रदेश सरकारले बेवास्ता गरेको छ । प्रदेश सरकारले हालै ल्याएको बजेटमा सामरिक तथा व्यापारिक दृष्टिकोणले समेत महŒवपूर्ण मानिएको चिसापानी–गुटु–मङ्गलसेन सडकलाई सम्बोधन नै गरिएको छैन ।