प्यूठान । पछिल्लो समय प्यूठानका महिलाहरु मौसमी तथा बेमौसमी तरकार खेतीतर्फ लागेका छन । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दा आफ्नो लागि दरिलो आर्थिक उपार्जन हुने भएपछि अधिकांश ग्रामीण तथा शहरी क्षेत्रका महिलाहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
काठमाडौं । काम ढिला गर्ने निर्माण व्यवसायीमाथि कारबाहीमा उत्रिएको गृह मन्त्रालय अब गैरसरकारी संस्था (एनजीओ), अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) तथा प्रतिफल वितरण नगर्ने कम्पनीतिर मोडिएको छ ।
काठमाडौं । सरकारले आर्थिक वर्ष (आव) २०७५÷७६ को बजेट कार्यान्वयनका निम्ति गृहकार्य शुरू गरेको छ । हालै सार्वजनिक आगामी आवको बजेटले समेटेको शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिनेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत लागू गर्न साउनभित्रै कार्यविधि बनाउने तयारीमा अर्थ मन्त्रालय जुटेको हो ।
इलाम । सरकारले आगामी आर्थिक वर्षदेखि सबै स्थानीय तहमा एकीकृत सम्पत्ति कर लगाउने तयारी गरेको छ । तर, अर्थमन्त्रीले संसद्मा प्रस्तुत गरेको बजेटमा सम्पत्ति करको मात्र व्याख्या गरेपछि यसमा अन्योल भने कायमै रहेको जनप्रतिनिधिहरूले बताएका छन् ।
म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्माणाधीन घलेम्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य करीब ९२ प्रतिशत सकिएको छ । ५ मेगावाट क्षमताको उक्त आयोजनाका पावरहाउस, पेनस्टक पाइप, सर्ज ट्याङ्कको काम तीव्रगतिमा भइरहेको छ ।
विराटनगर । काठमाडौंबाहिरका चारओटा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रूपमा विस्तार गर्ने सरकारको योजनामुताबिक विराटनगर विमानस्थलको स्तरोन्नति गर्न लागिएको छ ।
नेपालमा मनसुन भित्रिइसके पनि देशभर सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ । मौसमविद समीर श्रेष्ठका अनुसार जुन १५ तारिखभित्र मनसुन देशभर सक्रिय हुने बताए । जेठ २५ गते अर्थात ८ जुनदेखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा सामान्यतया १० जुनमा प्रवेश गर्ने गर्दछ । तर वर्षको मनसुन दुई
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७५÷७६ को बजेट कार्यान्वयनका लागि असार २५ भित्रै ठोस कार्ययोजना बनाउने भएको छ । त्यसका लागि सबै मन्त्री तथा सचिवलाई शुक्रवारै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
काठमाडौं (आपास) । विभिन्न अन्तरराष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको आरोप लागेका फुटबल खेलाडीलाई बिहीवार विशेष अदालतले सफाइ दिएको छ । उनीहरुलाई विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलाशले सफाइ दिएको हो ।
काठमाडौं आपास) । नेपाल आयल निगमको कार्यकारी निर्देशक अब खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निगमको कार्यकारी निर्देशक पद त्यस्तो प्रक्रियाबाट पूर्ति गरिने बताएका हुन् ।