काठमाडौं । राजधानीको स्वयम्भू क्षेत्रमा भित्रबाट बन्द गरिएको कारमा एक जना युवकको शव फेला परेको छ । उक्त शव मकवानपुरको मार्खु–७ घर भई हाल नैकाप बस्दै आएका २६ वर्षीय श्यामकुमार श्रेष्ठको भएको प्रहरीले बताएको छ ।
इस्लामावाद । पाकिस्तानको नयाँ राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित भएका छन् । उनी पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका हुन् ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।