काठमाडौं । २४ ओटा अपांगमैत्री विद्यालय पुनर्निर्माणका लागि त्रिपक्षीय समझदारी भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच समझदारी भएको हो ।
काठमाडौं । दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आम उपभोक्ताको घरमा स्मार्ट मिटर जडान गर्न सर्वेक्षण शुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करिब ९० हजार ग्राहकको स्मार्ट मिटर जडान गर्दै छ ।
काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई बजेटको आकार र कार्यक्रमका बारेमा जानकारी दिएका छन् । काभ्रेको पनौतिमा रहेको अभियान लघुवित्त वित्तीय संस्थाको उद्घाटन गर्न पुगेका खतिवडाले बजेटका बारेमा सांसदहरु लाई पढाएका हुन्।
काठमाडौं । संसारकै ठूला विमानस्थलमध्ये एक बेइजिङको डाक्सिङ विमानस्थलमा उडान गर्न नेपालको हिमालय एयरलाइन्सले स्लट प्राप्त गरेको छ । चीनका विभिन्न शहरमा उडानको तयारी गरिरहेको उक्त एयरलाइन्सले बेइजिङको नयाँ विमानस्थलमा स्लट प्राप्त गरिसकेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
काठमाडौं । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने संकेत देखिएको छ । यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो ।
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालको अन्तरराष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको स्वामित्व परिवर्तन हुने भएको छ । उक्त कम्पनीमा रहेको चिनियाँ लगानीकर्ताको स्वामित्व परिवर्तन हुन लागेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
रियाद । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ अति रुढीवादी मुस्लीम मुलुक साउदी अरबले शुक्रबार पर्यटकहरुलाई पनि स्वदेशमा स्वागत गर्ने घोषणा गरेको हो ।