काठमाडौं । जापानले नर्सिङपछि दोस्रो चरणमा कृषि, वन तथा मत्स्य र खाद्यान्न क्षेत्रमा समेत नेपालबाट जनशक्ति लैजाने इच्छा देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टसँगको भेटमा जापानका कृषि तथा वन मन्त्रालयका उपमहानिर्देशक तकामी नाकाडाले यस्तो आशय व्यक्त गरेका हुन् ।