काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले एनसेलले चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाइदिन ठूला करदाता कार्यालयलाई पत्राचार गरेको बताएका छन् ।
काठमाडौँ । सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ को निर्माण कार्य अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो ।
काठमाडौं । वैदेशिक ब्यापारको अर्धवार्षिक नतिजा पनि सकारात्मक आएको छ । भन्सार विभागले ६ महिनाको तथ्यांक सार्वजनिक गर्दै आयात ४.०४ प्रतिशतले घटेको र निर्यात २६ प्रतिशतले बढेको जनाएको छ ।
काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले दोस्रो बजेट प्रस्तुत गर्दै आयकरको सीमा बृद्धि गरिदिएकी छिन्। भारतमा अब ५ लाखसम्म आम्दानी गर्नेले कुनै पनि कर तिर्नु पर्दैन।
काठमाडौं । धादिङको गल्छी गाउँपालिकाले रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा उपलब्ध गराइएको छ । आज धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् ।
लन्डन । युरोपियन युनियन (ईयू) बाट बाहिरिने ब्रिटेनको लामो कसरतले शुक्रबार सार्थकता पाउँदैछ । ईयू संसदले ब्रेक्जिट सम्झौतालाई अनुमोदन गरिसकेको छ । यसअन्तर्गत ३१ जनवरीमा स्थानीय समयअनुसार राति ११ बजे युरोपियन सङ्घबाट ब्रिटेन अलग हुँदैछ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार कोरोनाभाइरसको महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । मात्र एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि डब्लुएचओले यो घोषणा गरेको हो ।