काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० जना पुगेको छ । आजमात्रै थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं । चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डे नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्को सिफारिस अनुसार पाण्डेलाई चीनको लागि नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।
काठमाडौं । लकडाउन उल्लंघन बढेपछि रुपन्देहीको भैरहवामा नेपाली सेनाले गस्ती बढाएको छ । प्रहरीसँगै सेनाले लकडाउनलाई कडाइ गरेका छन् । संघीय सरकारले लकडाउनलाई कडाइ गरेसँगै स्थानीय प्रशासनले नेपाली सेनाको गस्तीलाई बढाएको हो ।
कोविड –१९ अमेरिकाभर फैलँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनाहरूमा राज्य अर्थव्यवस्था पुनː खोल्ने सम्बन्धमा गभर्नरहरूलाई निर्देशन दिएका छन् । ट्रम्पले संघीय सरकारको सहयोगमा गभर्नरहरूलाई आफैं प्रक्रिया चलाउने बचन दिएका छन् ।