अमेरिकाले लकडाउन खोल्ने,लकडाउन दीर्घकालीन समाधान नभएको ट्रम्पको भनाई |
कोविड –१९ अमेरिकाभर फैलँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनाहरूमा राज्य अर्थव्यवस्था पुनː खोल्ने सम्बन्धमा गभर्नरहरूलाई निर्देशन दिएका छन् । ट्रम्पले संघीय सरकारको सहयोगमा गभर्नरहरूलाई आफैं प्रक्रिया चलाउने बचन दिएका छन् ।
अमेरिकामा ६ लाख ५४ हजार तीन सय पुष्टि भएका केसहरू र ३२ हजार एक सय ८६ मृत्यु भइसकेको छ । यस्तो अबस्थामा ट्रम्पले केही राज्यहरू यस महिनामा फेरि खुल्न सक्छन् भनेका छन् । बिहीबार आफ्नो दैनिक ब्रीफिंगमा राष्ट्रपति ट्रम्पले “हाम्रो युद्धको अर्को मोर्चा ( अमेरिका फेरि खुल्ने छ“ भने । “अमेरिका खुला हुन चाहन्छ र अमेरिकीहरू पनि खुला हुन चाहन्छन्,“ उनले भने । “राष्ट्रिय सटडाउन स्थायी दीर्घकालीन समाधान होइन ।“
उनले भने कि लामो समयसम्म तालाबन्दीले सार्वजनिक स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने जोखिम हुनेबताए । उनले लागूपदार्थको दुर्व्यसन, मदिरा दुरुपयोग, हृदय रोग, र अन्य “शारीरिक र मानसिक“ समस्याहरुमा “तीव्र वृद्धि“ को चेतावनी दिए ।
ट्रम्पले पत्रकारहरुलाई भने कि स्वस्थ नागरिकहरु “शर्तले अनुमति दिए“ काममा फर्किनेछन् । उनले भने कि अमेरिकीहरुलाई सामाजिक दुरीका उपायहरुलाई कायम राख्न र उनीहरु अस्वस्थ छ भने घरमै बस्न आग्रह गरिन्छ ।
बीबीसी



