काठमाडौं । शुक्रबार विनासकारी महाभूकम्प गएको ५ वर्ष पुरा भएको छ । भूकम्पले क्षतिग्रस्त निजी आवास, सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था र सडकहरुको पुनर्निर्माणको काम अझै पनि सकिएको छैन ।
काठमाडौं । भोजपुरका एक २६ वर्षीय युवकमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । धरानको विपी कोइराला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
कोरोना भाइरसको त्रासमा बाँचिरहेको अमेरिकामा मानिसहरुका साथै घरपालुवा जनावरहरुमा पनि संक्रमण देखिएको छ । न्यूयोर्कमा घरमा पालिएका दुईवटा बिरालो कोरोना भाइरसबाट संक्रमित भएको पाइएको हो । यो अमेरिकामा पाल्तु जनावर संक्रमित भएको पहिलो घटना हो ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब ४४ हजार नमुना परिक्षण समपन्न भएको जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्या्पिट डाइग्रोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परिक्षणबाट सो वराबरको नमुना परिक्षण भएको जानकारी गराएका हुन् ।
काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।
काठमाडौं । सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले कोरोनका कारण नेपालको बैंकिङ क्षेत्रमा समस्या आएको खण्डमा सहकारीमा पनि समस्या देखिने बताएका छन् ।
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले कोरोना भाइरस महामारीले दक्षिण एसियाली अर्थतन्त्र र नेपालमा पार्ने प्रभावका विषयमा विश्व बैंकसँग भिडियो कन्फ्रेन्सका माध्यमबाट छलफल कार्यक्रम आयोजन गर्यो ।
काठमाडौं । ‘जनता समाजवादी पार्टी’ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ को निवेदन दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ ।