लण्डन । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ ।
एजेन्सी । कोरोना भाइरस महामारीका कारण अमेरिकामा यो वर्षको अप्रिलमा २ करोडभन्दा बढी व्यक्ति बेरोजगार भएका छन् । महामारीका कारण त्यहाँको बेराजगारी दर १४.७ प्रतिशत पुगेको छ । यसले सन् १९३० को महामारी पछिकै सबैभन्दा खराब स्थितिको संकेत गरेको छ ।
काठमाडौं । उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
काठमाडौं । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले नेपाली भूमि अतिक्रमण गर्दै नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् ।
काठमाडौं । नेपालमा कोरोना भाइरसको प्रभाव र आर्थिक समाजिक पुनरुत्थानका लागि सरकारलाई सुझाव दिनका लागि गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गठन गरेको कार्यदलले लकडाउनका कारण दैनिक १० अर्बको आर्थिक क्षति भइरहेको निष्कर्ष निकालेको छ ।
रूसले विगत २४ घण्टामा १० हजार व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेको छ । रूसमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ८७ हजार ८५९ पुगेको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।