काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर ( करिब एक लाख ३१ हजार रुपैयाँ) पुगेको छ । सरकार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्ष २०७६∕७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय यस्तो आकडामा पुगेको हो ।
हालसम्म संसारका ५६ लाख ८१ हजार ६ सय १ व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित छन् । साथै, २४ लाख ३० हजार ४ सय ६१ निको भइसकेका छन् । मृतकको संख्या ३ लाख ५२ हजार १ सय ६८ रहेको छ ।
काठमाडौं । रुकुम पूर्वमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नं. ५ अन्तर्गतको हिमाली जिल्ला रुकुम पूर्वमा बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं । रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं । नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दैका काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले महामारीका बेला गल्फ खेलेको भन्दै विवाद सुरु भएको छ । उनी पछिल्लो ७५ दिनमा पहिलो पटक आफ्नो नीजि गल्फ कोर्समा खेल्न गएका थिए ।
लण्डन । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो तथ्यांक शनिबार (२३ मे २०२०) साँझसम्मको हो ।