काठमाडौंमा ३ सहित थपिए ७२ कोरोना संक्रमित, संक्रमितको संख्या ६७५ पुग्यो |
काठमाडौं । नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दैका काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन् । काठमाडौंको टोखा नगरपालिका ३ र ६ मा दुई जना र बुढानिलकण्ठ(३ मा एक जनालाई कोरोना संक्रमण देखिएको हो ।
सोमबार धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, , बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।
सोमबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। जेठ ४ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका बारा कलैयाका वृद्धमा कोरोनाको संक्रमण भएको रिपोर्ट आएसँगै मृतकको संख्या ४ पुगेको हो।
Visited 1 times, 1 visit(s) today


