काठमाडौं । संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो ।
काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं । नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिकरप्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।
कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाको अनुसन्धानलाई तीव्रता दिन अमेरिकाले एक अर्ब २० करोड डलरसम्म उपलब्ध गराउने भएको छ ।
काठमाडौं । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का २० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ८०३ नयाँ संक्रमित फेला परेका हुन् ।
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुनेको संख्या एक लाख २५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ६५४ नयाँ संक्रमित फेला परेका हुन् ।